काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाको मुद्दती निक्षेपमा ४६ करोड र कल निक्षेपमा १२ करोड ४५ लाख रकम राख्ने भएको छ ।
केन्द्रीय बैंकले ३६६ दिने मुद्दती निक्षेपमा ४६ करोड पैसा राख्न लागेको हो । यसमा त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नुपर्ने शर्त राष्ट्र बैंकले राखेको छ ।
मुद्दती निक्षेप अन्तरगत राष्ट्र बैंकले बाणिज्य बैंकहरुमा ३६ करोड ८० लाख रुपैयाँ, विकास बैंकमा ६ करोड ९० लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्नेछ । यसैगरी ग वर्गको फाइनान्स कम्पनीमा २ करोड ९० लाख रुपैयाँ राख्न लागेको केन्द्रिय बैंकले जनाएको छ ।
यस्तै, कल निक्षेप अन्तरगत बाणिज्य बैंकहरुमा ९ करोड ९६ लाख, विकास बैंकमा १ करोड ८६ लाख ७५ हजार र ग बर्गको बैंकमा ६२ लाख २५ हजार निक्षे राख्न लागिएको हो ।
राष्ट्र बैंकको यो निक्षेप लिनको लागि बैंक तथा वित्तिय संस्था सञ्चालन भएको दुई बर्ष पुगेको, तोकिएको न्युनतम पुँजीकोष कायम भएको, निस्क्रिय कर्जा पाँच प्रतिशत भन्दा कम भएको लगायत विभिन्न ११ वटा शर्त बैंक तथा वित्तीय संस्थाले पुरा गर्नु पर्नेछ ।
यो रकम लिन चाहने बैंक तथा वित्तिय सँस्थाले भोलि शुक्रबार १ बजेसम्म राष्ट्र बैंक अन्र्तगत वित्त व्यवस्थापन विभागमा आफुले लिन चाहेको रकम र दिन चाहेको ब्याज खुलाई आवेदन दिन सक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
शर्तहरु ः
क) बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको ।
ख) बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको ।
ग) निष्कृय कर्जा (एन.पि.ए.) कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको ।
घ) खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको ।
ङ) कर्जा÷स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैंकले निर्धारण गरेको सीमाभित्र रहेको ।
च) निकटतम अघिल्लो आ.व.मा सञ्चालन मुनाफा (ब्यवस्था पछिको) मा रहेको ।
छ) रियल स्टेट कर्जा बैंकबाट तोकेको सीमा भन्दा बढी नभएको ।
ज) लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई यस बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएको सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम नरहेको ।
झ) शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको ।
ञ) बैंक तथा वित्तीय संस्था नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारवाहीमा परी समस्याग्रस्त घोषणा नभएको । समस्याग्रस्त घोषणा भएकोभए सो फुकुवा भएको छ महिना अवधि पूरा भएको ।
ट) सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरिसकेको ।
प्रतिक्रिया