काठमाडौं – आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज बिहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ । नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले आगमी आवको बजेट पेश गर्ने पक्का भइसकेको छ ।
नेपालको संविधानबमोजिम हरेक जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको हिजो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउँसो ३ः४५ बजेअगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह पनि गरिसकेका छन् ।
बिशेषगरि आगमी बजेटले कोरोना भाइरसबाट प्रभावित अर्थतन्त्रलाई पुर्नउत्थान गर्ने बिषयालाई मुख्य प्राथमिकतामा राख्ने बताइएको छ । साथै, स्वास्थ्य कृषि लगायतका क्षेत्रलाई पनि उत्तिकै प्राथमिकतामा राखिने बताइएको छ ।
आगमी आवको बजेट तयार गर्न आज राति अर्थमन्त्रालय पनि निकै व्यस्त देखिन्थ्यो । आज राती अर्थमन्त्रायका सबै कोठाहरु उज्याला थिए, जसअनुसार आज रातभर बजेट तयार भइसकेको छ । अहिले बजेटलाई अन्तिम रुप दिने तयारी भइरहेको पनि बताइएको छ ।
प्रतिक्रिया