काठमाडौं – कारोना भाइरसका कराण चैत र बैशाख महिनामा रेमिट्यान्स आप्रवाहमा भारी मात्रामा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययन अनुसार यो दुई महिनामा विप्रेषण (रेमिट्यान्स आप्रवाह) ४७ दशमलव २५ प्रतिशतले घटेको छ ।
गत आर्थिक बर्षको चैत र बैशाखमा गरेर १ खर्ब ४३ अर्ब ११ करोड विप्रेषण आप्रवाह आएको थियो । तर, अहिले रु. ७५ अर्ब ४८ करोड मात्र विप्रेषण आप्रवाह भएको राष्ट्र बैंकको अनुमान छ ।
नेपालमा विप्रेषण आउने मुख्य स्रोत नै बैदेशिक रोजगार हो । तर, कोरोना भाइरस र त्यसलाई नियन्त्रण गर्न श्रम गन्तव्य मुलुकमा लगाइएको लकडाउनका कारण बैदेशिक रोजगारी पनि प्रभावित भएको छ । त्यसैले विप्रेषण आप्रवाहमा ह्रास आएको हो ।
साथै, यस अवधीम पर्यटन आयमा पनि ह्रास आएको छ । गत फागुनमा विदेशी पर्यटन मार्फत ५ अर्ब १० करोड आम्दानी भएको थियो । तर, चैतमा भने रु. १ अर्ब ६० करोड मात्र आम्दानी भएको छ ।
प्रतिक्रिया