असारसम्म १.१८ खर्ब बीमाशुल्क उठ्ने अनुमान, २२ प्रतिशत पुग्यो बीमा पहुँच

५ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्ष असारसम्म कुल रु. १ खर्ब १८ अर्ब बीमाशुल्क संकलन हुने अनुमान गरिएको छ । जीवन बीमा, निर्जीवन बीमा र पुनर्बीमा गरेर आगमी असारसम्म यतिका बीमाशुल्क उठने अनुमान गरिएको छ । 
सरकारले हालै सार्वजनिक गरेको चालु आव २०७६÷७७ को आर्र्थिक सर्वेक्षणले यस्तो देखाएको हो । आर्थिक सर्वक्षेणअनुसार चालु आवको फागुनसम्म ९५ अर्ब ३७ करोड बीमाशुल्क संकलन भएको छ । 
यस्तै, चालु आवको फागुनसम्म बीमा व्यवसायको कुल वित्तिय स्रोत तथा उपभोग रु. ४ खर्ब ६१ अर्ब ६९ करोड पुगेको छ । त्यसमा जीवन बीमा तर्फ ३ खर्ब ९० अर्ब ६४ करोड र निर्जीवन बीमा कम्पनीको रु. ७१ अर्ब ५ करोड रहेको छ । चालु आवमा वित्तिय स्रोत तथा उपयोग गत आवको सोही अवधीको तुलनामा ४२.७ प्रतिशतले बढी हो । 
यस्तै, पछिल्लो समय जीवन तथा निर्जीवन बीमा कम्पनीको लगानीयोग्य रहक क्रमशः बृद्धि हुँदै गएको छ । चालु आवको फागुन मसान्तसम्म बीमा कम्पनीहरुको लगानीयोग्य रकम ३ खर्ब २३ अर्ब ५५ करोड पुगेको छ । त्यसमा जीवन बीमा कम्पनीको अंश ८६.९ र निर्जीवन बीमा कम्पनीको अंश १३.१ प्रतिशत रहेको छ । 
सर्वेक्षणअनुसार फागुन मसान्तसम्म २२ प्रतिशत जनतामा बीमापहुँच पुगेको छ । बैदेशिक रोजगार र म्यादी जीवन बीमा सहित बीमा पहुँच कबिर २६ प्रतिशत जनतामा पुगेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया