बाबुआमा गुमाएका तीन जना बेसहारा भाइले पढ्न पाए

७ बर्ष अगाडि

पाल्पा – अभिभावक गुमाएका एकै घरका तीन दाजुभाइले रैनादेवी छहरा गाउँपालिका–४ को सहयोगमा विद्यालय गएर पढन पाएका छन् । उनीहरुलाई स्थानीय सल्लेरी प्राविमा शिशु कक्षामा भर्ना गरिएको छ । 

रैनादेवी छहरा गाउँपालिका–४ बिसानाका १० वर्षीय सुशील बिटालु, ८ वर्षीय सुसान बिटालु र ६ वर्षीय विशाल बिटालु आमाबुबाको मृत्यु भइ टहुरो भएपछि पढ्नबाट वञ्चित थिए । 
वडा कार्यालयले शैक्षिक सामग्री कलम, कापी, झोला, स्कूल पोशाक सहयोग गरी विद्यालयमा भर्ना गरेको हो । उनीहरु तीनै जनाको जन्मदर्ता भएको छैन । पहिलो पटक विद्यालयमा अन्य साथीहरु पढ्न पाएपछि उनीहरु खुशी देखिन्छन् । उनीहरु सात भाइमध्ये तीन भाइले बुटवलमा जुत्ता सिलाउने र एउटा भारतमा मजदुरी गर्न बाध्य छन् । 

वडाध्यक्ष विष्णु पोखरेलले विद्यालयमा चाहिने सामग्रीदेखि खाना, कपडासमेत सहयोग गरिएको बताउनुभयो । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया