काठमाडौं गोकर्णेश्वर, बौद्ध र चुच्चेपाटीबाट नियन्त्रित लागूऔषध र नक्कली पेस्तोल १ थान सहीत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूमध्ये काठमाडौं जोरपाटी बस्नेहरु सर्लाही बाग्मती नगरपालिका-९ का १९ बर्षीय दिपककुमार जिम्बा, सिन्धुपाल्चोक हेलम्बु नगरपालिका-२ का २१ बर्षीया राजु जेटी क्षेत्री, उदयपुर कटारी नगरपालिका-५ का १९ बर्षीय संजय पोख्रेल र खोटाङ छोरम्बा गाँउपालिका-१ का १८ बर्षीय निशान मगरलाई गोकर्णेश्वर नगरपालिकाका वडा नम्बर ५, ६, ७ र ८ क्षेत्रबाट लागूऔषध नाईट्राभेट १ सय ३० थान र ट्रमा ३ सय १० थान सहित महानगरीय प्रहरी बृत्त बौद्धले शनिबार पक्राउ गरेको हो ।
साथै काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीबाट सोही ठाँउ बस्ने झापा शिव सताक्षी नगरपालिका-३ का २६ वर्षीय युगेश राई, गोंगबु बसपार्क बस्ने इलाम माई नगरपालिका-४ का २३ बर्षीय संजय समाल र भक्तपुर बालकोट बस्ने मोरङ पथरी नगरपालिका-५ का २६ बर्षीय सन्तोष लिम्बु ३० ग्राम खैरो हेरोइन र नक्कली पेस्तोल १ थान सहीत शनिबार पक्राउ परेका हुन ।
यस सम्बन्धमा प्रहरीले आबश्यक अनुसन्धान गरिरहेको छ ।
पेस्तोल र गोली सहित पक्राउ
घोराही उपमहानगरपालिका-१३ बडहरा बस्ने २७ वर्षीय बीरबहादुर चौधरीलाई मेड इन युएसए लेखिएको अटोमेटिक पेस्तोल १ थान, म्याग्जिन १ थान र ४ राउण्ड गोली सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका-१५ स्थित घोराही तुल्सीपुर सडकमा प्रहरीले जाँच गर्ने क्रममा चौधरीलाई पाईन्टको बेल्टमा लुकाई छिपाई राखेको उक्त हतियार सहित प्रहरीले फेला पारी पक्राउ गरेको हो । चौधरी सवार रा.४ प २४६६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया