काठमाडौं – नाडेप लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक बर्षको चैतसम्म ७ लाख ३३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सो अवधीको भन्दा ९५.६४ प्रतिशतले कम हो । गत आवका सो अवधीमा लघुवित्तले रु. १ करोड ६८ लाख ६१ हजार खुद नाफा कमाएको थियो ।
चालु आवको दोस्रो अवधीको तुलनामा पनि लघुवित्तको नाफा घटेको छ । दोस्रो त्रैमाससम्म लघुवित्तले रु. ३ करोड १९ लाख २४ हजार खुद नाफा कमाएको थियो ।
लघुवित्तले हालसम्म रु. १ अर्ब ३६ करोड ७८ लाख डिपोजीट संकलन गरेको छ । यस्तै, लघुवित्तले रु. ४ अर्ब १४ करोड ७ लाख कर्जा प्रवाह गरेको छ । प्रवाहित कर्जाबाट लघुवित्तले ४८ करोड ७ लाख ५० हजार व्याज आम्दानी गरेको छ । लघुवित्तको खुद व्याज आम्दानी भने १९ करोड ९७ लाख रहेको छ ।
हाल लघुवित्तको चुक्तापुँजी ३६ करोड ८० लाख रुपैयाँ रहेको छ । लघुवित्तले आफ्नो जगेडामा १८ करोड ५१ लाख रुपैयाँ जम्मा गरेको छ । वित्तिय विवरणअनुसार लघुवित्तको प्रति शेयर आम्दानी ०.२६६, प्रतिशेयर आम्दानी ५३४, मुल्य आम्दानी अनुपात २००८.४४, प्रतिशेयर खुद कितावी मुल्य १५०.३०, प्रतिशेयर कुल सम्पत्तिको मुल्य १३०१.८८ र तरलता अनुपात ७.९९ प्रतिशत रहेको छ ।
प्रतिक्रिया