काठमाडौं – नेपाल राष्ट्र बैंकले विदेशी रेमिट्यान्स (विप्रेषण) मार्फत आउने रकम तथा कमिशन विदेशी मुद्रामा नै प्राप्त गर्न रेमिट्यान्स कम्पनीहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले आइतबार एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
साथै, विदेशबाट रकम पठाउन बैंकले नेपालमा रहेको हिताधिकारीको सम्पुर्ण विवरण विद्यमान व्यवस्था अनुरुप उपलब्ध गराउनुपर्ने तथा यसरी प्राप्त विवरणको आधारमा नेपाल स्थित सेवा प्रदायक संस्थाले अन्तिम हिताधिकारी एकीन गरि नेपाली रुपैयाँमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ ।
यस्तै, सम्पत्ति सुद्धिकरण बिभाग सम्बन्धी व्यवस्था पनि पुर्ण रुपमा पालना गर्नुपर्ने बताइएको छ । यदि, कारोबार अस्वभाविक देखिएको तत्काल कारोबार बन्द गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ ।
यस्तै, यस व्यवस्था अन्तरगत कारोबार गर्ने रकमको सिमा प्रति दिन प्रति पटक प्रति व्यक्ति अधिक्तम १५०० अमेरीकि डलर हुनुपर्ने बताइएको छ । राष्ट्र बैंकले कोभिड १९ अर्थात् कोरोना भाइरसले उव्जाएको परिस्थीतीलाई दृष्टिगत गर्दै यस्तो व्यवस्था गरेको हो ।
प्रतिक्रिया