थप ७२ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या ६ सय ७५ पुग्यो

६ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा कुल संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।

रौतहटका २६ तथा बाराका २३ जनामा संक्रमण पुष्टि भएको हो । रौतहटको फरदहवा–२, ६ र ८ तथा इशनाथ–२ का १८ देखि ५३ वर्षसम्मका २६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै बाराको गडीमाइ नगरपालिकाका १८ देखि ५० वर्षसम्मका २१ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै बाराको कलैया–१ कोटवालीका २५ र ३२ वर्षका पुरुषमा पनि संक्रमण देखिएको छ ।

सोमबार संक्रमण पुष्टि हुनेमा धनुषाको नगराइन–३ का ३०, ३१ र ४५ वर्षका पुरुष, कपिलवस्तुको शिवराज नगरपालिका–४, ५ र ६ का १९, २० र २३ वर्षका पुरुष, काठमाडौँको टोखा–३ र ६ तथा बुढानिलकण्ड–३ का २७, ४१ र ३७ वर्षका पुरुष, सप्तरीको डाक्नेधरी गाउँपालिकाका २२ र ३४ वर्षका पुरुष रहेका छन् ।

यस्तै बर्दियाको बासगढी–९ का २५ वर्षे युवा, बाँकेको दुधवा–२ र राप्ती सोनारी–७ का १६ देखि २४ वर्षका चार युवा तथा दैलेखको चार युवा र एक युवतीमा संक्रमण पुष्टि भएको हो ।

६ बर्ष अगाडि

प्रतिक्रिया