काठमाडौं – नेपाल राष्ट्र बैंकले पुर्व राजाहरुको तस्वीर अंकित भएको नोटहरुलाई चलनचल्तीमा नपठाउन बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ । उक्त नोटहरु पुनः निष्काशन गर्न अयोग्य नोटको रुपमा बर्गीकरण गर्नुपर्ने भएकाले चलनचल्तीमा नपठाउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।
राष्ट्र बैंकले आइतबार सफा नोट नीति कार्यान्वयन सम्बन्धमा एक परिपत्र जारी गर्दै बैंक तथा वित्तियसंस्थाहरुलाई यस्तो निर्देशन दिएको हो । यद्यपि, बजारमा भने यस्ता नोट चलनचल्तीमा आउने छन् । त्यस्ता नोट बैंकमा आएपछि त्यसलाई पुनः बजारमा भने पठाउन नहुने राष्ट्र बैंकको भनाइ छ ।
अब राष्ट्र बैंकले त्यस्ता नोट जम्मा गरेर त्यसको सट्टा अर्को नयाँ नोट निष्काशन गर्नेछ । त्यसपछि विस्तारै पुर्वराजा अंकित नोटहरु विस्थापित हुनेछन् ।
यस्तै, राष्ट्र बैंकले झुत्रिएको, मक्किको, जलेको, लुलो भएको, पानीले भिजेको, छपाई बिग्रको, अक्षर, अंक, चित तथा सुरक्षण विशेषता नुबुझिने लगायतका नोट पनि चलनचल्तीमा नपठाउन बैंकहरुलाई निर्देशन दिएको छ ।
यस्तो छ बैंकको अन्य निर्देशन
प्रतिक्रिया