काठमाडौं – नेपाल राष्ट्र बैंकले रु ४ अर्ब बराबरको नागरिक बचत पत्र २०८२ बिक्रीमा ल्याएको छ । केन्द्रीय बैंकले वार्षिक नौ प्रतिशत व्याज दिने गरी उक्त बचतपत्र गत जेठ १ गतेदेखि नै बिक्रीमा ल्याएको हो । त्यसमा निष्काशन आगमी जेठ २५ गते हुने बताइएको छ ।
आम नागकिरले जेठ २१ गतेसम्म मात्र उक्त बचतपत्र माथि आवेदन दिन सक्ने छन ।
व्याजमा कर लाग्ने बैंकले जनाएको छ । व्याजको भुक्तानी छ÷छ महिनामा हुने बताइएको छ । घटीमा रु १० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई रु १० हजारले भाग गर्दा निशेष भाग जाने अंकमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ ।
बैंकका अनुसार उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन् । सो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिनेछ ।
बैंकले २०८२ जेठ २५ गते साँवा भुक्तानी हुने मिति तय गरेको छ । बचतपत्र खरिद गर्न चाहनेले नेपाली नागरिकता प्रमाणपत्र, नाबालकको हकमा बचतपत्र खरिद गर्ने भएमा संरक्षको नागरिकता र जन्मदर्ताको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइजको फोटोसमेत पेश गर्नुपर्नेछ ।
नेपाल राष्ट्र बैंकका उपत्यकाका बाहिरका कार्यालय, सरकारी ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार गर्न इजाजतपत्र लिएका बजार निर्माताले उक्त बचतपत्रको बिक्री वितरण गर्न पाउनेछन् ।
अहिले कोरोना भाइरसका कारण बैंकहरुले मुद्दती निक्षेपमा व्याज ९.७५ प्रतिशतबाट ७ प्रतिशतमा झारेका छन् । यस अवस्थामा आम नागरिकलाई यस बचतपत्रमा लगानी गर्दा बढी फाइदा हुने देखिन्छ ।
प्रतिक्रिया