महालक्ष्मी लाईफले गरिदियो सबै कर्मचारीको कोरोना बीमा

५ बर्ष अगाडि

काठमााडौं – महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो कम्पनीमा कार्यरत सम्पुर्ण कर्मचारीको कोरोना बीमा गरिदिएको छ । कम्पनीका प्रमुक कार्यकारी निर्देशक (सीईओ) जनरल इन्स्योरेन्स कम्पनी माफृत सम्पुर्ण कर्मचारीको कोरोना बीमा गरिदिएको जानकारी दिए । 

कोरोना भाइरसको विश्वव्यापी संक्रमणबाट नेपाल पनि प्रभावित हुँदै गइरहेको छ। देशभरीको ४० भन्दा बढी जिल्लामा संक्रमण फैलिसकेको वर्तमान 
अवस्थामा कोरोनाबाट मृत्यू भए पश्चात यो महामारिले हामी सबै आक्रान्त हुदैछौँ । सरकारले तोकेको अत्यावस्यक सेवामा बीमा सेवा पनि पर्ने र कोरोनाको संभावित जोखिमबाट पिडित नेपालीहरुलाई राहत र सुरक्षित गर्न बीमा व्यवसाय गर्नु आवश्यक पनि देखिएको छ। यस्तो प्रतिकुल र असुरक्षित वातावरणमा कम्पनीका विभिन्न शाखा उपशाखाहरुमा कार्यरत कर्मचारीहरु बीमा व्यवसाय संचालन गर्ने क्रममा बीमाशुल्क संकलन तथा बीमा सम्बन्धी कार्य गर्नको लागि फिल्डमा जानु पर्ने र विभिन्न व्यक्तिहरुको सम्पर्कमा आउने भएकोले कोरोनाको संक्रमणको खतरा हुने तथ्यलाई विचार गर्दै देशभरीका ६० शाखा÷उपशाखा अन्तर्गत कार्यरत सम्पुर्ण कर्मचारीहरुको कोरोना बीमा गरेको कम्पनीले बताएको छ ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया