गुल्मीमा फेरी एकजना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।
मदाने गाउँपालिका ६ मा कोरोना संक्रमण फेला परेपछि मृत्यु भएका एक शिक्षकको सम्पर्कमा रहेका अर्का एक व्यक्तिमा पनि संक्रमण फेला परेका हो ।
केहीदिन अघि ति शिक्षकलाई संक्रमण भएको फेला परेपछि कन्ट्रयाक ट्रेसिङका आधारमा परिक्षण गर्दा अर्का व्यक्तिमा पनि संक्रमण फेला परेको कोरोना परिक्षण ल्याव भैरहवाले जनाएको छ ।
यसअघि संक्रमण देखिएा शिक्षकको क्रिमसन अस्पतालमा बिहीबार मृत्यु भएको थियाे ।
उनकाे सम्पकर्मा रहेका ३० जनाकाे स्वाव संकलन गरिएकाे मध्ये १ जनाकाे पाेजेटिभ र २५ जनााकाे रिपाेर्ट नेगेटिभ आएको छ । बाँकी ३ जनाको रिपोर्ट आउन बाँकी छ ।
प्रतिक्रिया