नेपालमा थप ३६ मा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
यसअघि शनिवार बिहान मन्त्रालयले थप ३२ जनामा सङ्क्रमण पुष्टि गरेको थियो।
शनिवार थपिएका ६८ जनापछि नेपालमा जम्मा सङ्क्रमितको सङ्ख्या ५८४ पुगेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। विकास देवकोटाले शनिवार सङ्क्रमण पुष्टि भएकामा बाँकेका २७ जना, बैतडीका ४ जना, सुर्खेतका ३ जना र झापा तथा बर्दियाका एक(एक जना रहेको बताए।
प्रतिक्रिया