नेपालमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ४२७ पुगेको छ। अहिलेसम्म ३८ जिल्लामा संक्रमण देखिएको छ।
बुधबार देखिएका संक्रमित ३ देखि ४८ वर्ष उमेर समूहका छन्।
यीमध्ये ७ महिला र १८ पुरुष छन्। एकजना कपिलवस्तुका ३ वर्षीय बालक पनि संक्रमित भएका छन् ।
बाँकेमा नरैनापुर र खजुराका गरी ६ पुरुष संक्रमित भएका छन्।
त्यस्तै, धनकुटामा पाँच जना नयाँ संक्रमित थपिएका छन्।
त्यस्तै, कपिलवस्तु बालबालिका र महिलासहित १३ जना नयाँ संक्रमित थपिएका छन्।
नवलपरासी पश्चिममा क्वारेन्टाइनमा रहेका एकजनामा पनि संक्रमण देखिएका छन्।
यस्तै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ४५ पुगेको छ भने कोरोना संक्रमण कारण अहिलेसम्म दुई जनाको निधन भएको छ।
प्रतिक्रिया