कोरोना संक्रमणबाट मृत्यु भएको भनिएका व्यक्ति जीवितै

६ बर्ष अगाडि

गुल्मीको मदाने गाउँपालिका ६ का कोरोना संक्रमित बिरामीको मृत्यु नभएको उनको उपचारभइरहेको अस्पतालले जनाएको छ । 

रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालले उनको भेण्टिलेटर सपोर्टमा उपचार भैरहेको जनाएको छ । 

अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले बिरामीको अवस्था गम्भिर रहेको जानकारी दिए । 

बिरामीमा कोरोना संक्रमण पुष्टि भएसँगै अस्पताल व्यवस्थापनले संक्रमितलाई कोरोना विशेष अस्पतालमा लैजान समेत सुझाएको तर सरकारी निकायबाटै यहीँ उपचार गर्ने भनेपनि आफूहरुले उपचार गरिरहेको उनको भनाइ छ । 

 गम्भीर अवस्थामा रहेका बिरामीलाई आफ्नो अस्पतालले निको पार्न हरतरह प्रयास जारी रहेको भन्दै उनले अस्पतालले पुष्टि नगर्दासम्म धैर्य गरिदिन आग्रह गरे । 

यसैगरी प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले  पनि बिरामी जिवितै रहेको पुष्टि गरे । 

तर बिरामीको अवस्था स्थिर र भेन्टिलेटरमा राखिएको स्पष्ट पार्दै उनले आफूलाई उदृत गर्दै केही सञ्चारमाध्यममा समाचार प्रकाशित भएको समाचारप्रति आपत्ति जनाए । 

६ बर्ष अगाडि

प्रतिक्रिया