काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै देशको आर्शिवादले आफ्नो सरकार नबनेको बताएका छन् । आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले नेपाली जनताले यो सरकार बनाएको दावी गरेका हुन् ।
बिशेषगरि उनले पछिल्लो समय भारत–नेपाल सिमा बिषयमा देखिएको विवादलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन् । भारतले गत नोभेम्बरमा नै लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गरेको थियो । त्यसपछि नेपामला यसको विरोध भइरहको छ । त्यसपछि नेपालले पनि सोमबार मात्र उक्त भुभागहरु समेटेर नयाँ नक्सा जारी गरेको छ । सो सन्दर्भमा प्रधामन्त्री ओलीले यस्तो बताएका हुन् ।
दुई ठुला र बलिया राष्ट्रको बीचमा रहेको नेपाल जस्तो मुलुकले यस्तो कदम उठाउने ऐतिहासिक रहेको उनको भनाइ छ । यस अवस्थामा राष्ट्रवाद नहुने बाटो समात्न नहुने उनको भनाइ छ । नेपाल निहुरिने र स्वाधिनन्ताको परिकल्पना गर्न नसक्ने स्थिती हुन नदिने उनले बताए ।
उनले भने, ‘कुनै दशको भुगोल ठुलो सानो हुन सक्छ । विकासमा अगाडि पछाडी हुन सक्छ । तर, राष्ट्रियतमा कुनै पनि देश ठुलो सोनो हुदैन । सबै राष्ट्रले राष्ट्रियतमा बराबर हैसियत राख्छन् । बराबर स्वाधिनन्ता राख्न पाउनुपर्छ ।’
यस अवस्थामा नेपालमा स्वाभिमान माथि कुनै पनि देशले कम्जोर बचन नवोल्दििए राम्रो हुने उनको भनाइ छ । उनले भने, ‘यो सरकार नेपाली जनताले बनाएको हो । कुनै देशको आर्शिदवाद बाट भनेको हो । यो सरकार देशले बनाउने, ढलाउने कल्पना नगरे पनि हुन्छ ।
प्रतिक्रिया