लिम्पियाधुरा जसरी पनि फिर्ता लिने प्रधानमन्त्रीको घोषणा

६ बर्ष अगाडि

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई कुनै पनि हालतमा फिर्ता लिने दावी गरेका छन् । मंगलबार आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले उक्त भुभाग फिर्ता लिने बताए । 
सरकारले हिजो मात्र उक्त  भुभागहरु समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । प्रधानमन्त्री ओलीले उक्त नक्सा देखाउन मात्र जारी नगरेको बताउादै उक्त भुभाग फिर्ता लिने प्रतिबद्धता व्यक्त गरे ।  अब कुटनीतिक रुपमा ठोस पहल गरेर उक्त भुभाग फिर्ता लिइने उनको भनाइ छ ।
भारतले नेपालको उक्त भुभागलाई बेकारको अकुपाई गरेर यस बिषयलाई विवास्पद बनाएको प्रधानमन्त्रीले बताए ।  प्रधानमन्त्रीले अब यो बिषय सेलाउन नदिने बताउँदै कुटनीतिक वार्ताबाट ठोस पहल गरि भुमि फिर्ता लिने बताए । 

६ बर्ष अगाडि

प्रतिक्रिया