काठमाडौं बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका लागि न्याय माग गर्दै शनिबार देशभर प्रदर्शन भैरहेको छ ।
‘निर्मलाको निम्ति न्याय’ अभियान अन्तर्गत देशका विभिन्न ठाउँमा स्वतः स्फुर्त रुपमा प्रदर्शन भइरहेको छ । बलात्कारविरुद्ध आवाज उठाउन भन्दै गाईघाटको पिपलचोक, काभ्रेको पाँचखाल, झापाको काँकडभिट्टामा बिहानै प्रदर्शन भएको छ ।
यस्तै काठमाडौंको माइतीघर मण्डला, सिन्धुपाल्चोकको हेलम्बु, बाँकेको नेपालगञ्ज, कास्कीको पोखरा, सप्तरीको राजबिराज, सुनसरीको धरान, इनरुवा, इटहरी, मोरङको विराटनगर, झापाको दमक र अर्जुनधारामा लगायत ठाउँमा पनि प्रदर्शन हुँदैछ ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५२ दिन भैसक्दा समेत दोषीको पहिचान अझै हुन सकेको छैन । प्रहरीले प्रमाण लुकाएको भन्दै स्थानीयबासिन्दाले पहिलेदेखि नै सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
प्रदर्शनमा सहभागीहरुले निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पहिचान गरी कारवाही गर्न माग गरेका छन् ।
प्रतिक्रिया