लकडाउनको प्रभाव अर्थतन्त्रमा देखिन थाल्योः विप्रेषण घट्यो, जीडीपीमा पनि १६८ अर्बको ह्रास

६ बर्ष अगाडि

काठमाडौं – कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको लकडाउनको प्रभावन नेपालको अर्थतन्त्रमा देखिन थालेको छ । आइतबार नेपाल राष्ट्र बैंकले एक प्रतिवेदन सार्वजनिक गर्दै कोरोना भाइरसको प्रभाव नेपालको अर्थतन्त्रमा देखिन सुरु गरिसकेको बताएको छ ।
विश्वव्यापी रुपमा फैलिएको नियन्त्रण गर्न सरकराले गत चैत ११ गतेदेखि लकडाउन जारी राखेको  छ । यसक्रममा उद्योगधन्दाहरु न्यून क्षमतामा संचालित छन् भने आपूर्ति श्रृंखला प्रभावित भएको राष्ट्र बैंकको भनाइ छ । 
ठूला आयोजनाहरुको निर्माण कार्य सुस्त भएको छ । यसैगरी सार्वजनिक यातायात बन्द रहेको अवस्था छ । यसले अर्थतन्त्रलाई नकरात्मक असर गरको बताइएमो छ । 
राष्ट्र बैंकले गत आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धिमा उल्लेख्य गिरावट आएको अनुमान गरेको छ । विगत ३ वर्षमा औसत ७.३ प्रतिशत आर्थिक वृद्धि हासिल भएकोमा  चालु आवमा २.२८ प्रतिशत आर्थिक वृद्धि हुने केन्द्रीय तथ्याङ्क विभागको अनुमान छ ।
कोरोनाको प्रभाव शुरु हुनुपूर्व ७ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुन सक्ने प्रक्षेपण गरिएकोमा अर्थतन्त्रमा देखिएको असहज अवस्थाका कारण आर्थिक वृद्धि न्यून राष्ट्र बैंकको भनाइछ । 
कोभिड–१९ पूर्वको यस प्रक्षेपणलाई केन्द्रीय तथ्याङ्क विभागको पछिल्लो सार्वजनिक अनुमानसँग तुलना गर्दा अर्थतन्त्रमा प्रचलित मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादनमा करिव रु. १ खर्ब ६८ अर्ब बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । 
२०७६ फागुनको तुलनामा २०७६ चैतमा खाद्य तथा पेय पदार्थ मुद्रास्फीति वढेको छ । कुल निर्यात, आयात र विप्रेषण आप्रवाहमा संकुचन आएको छ भने सरकारको राजस्व संकलन र खर्च पनि प्रभावित भएको छ । २०७६ चैतमा निक्षेप संकलन र कर्जा प्रवाह भने सामान्य रहेको छ । निक्षेपको भारित औसत व्याजदर सीमान्त घटेको छ भने कर्जाको व्याजदर स्थिर रहेको राष्ट्र भनाइ छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया