शोधनान्तर स्थिती साढे ३६ अर्बले नाफामा, बैदेशिक लगानी कति ?

५ बर्ष अगाडि

काठमाडौं - गत आर्थिक बर्षभर घाटामा रहेको शोधनान्तर स्थिती चालु आवको सुरुदेखि नै नाफामा आएको छ । राष्ट्र बैंकको एक तथ्यांकअनुसार चालु आवको ९ महिनामा शोधनान्तर स्थिती रु.३६ अर्ब ६१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.६४ अर्ब ६८ करोडले घाटामा रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको ९ महिनासम्ममा ५६ करोड ८५ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ३२ करोड १० लाखले बचतमा रहेको राष्ट्र बैंकको भनाइ छ  
समीक्षा अवधिमा चालु खाता घाटा रु.१ खर्ब ३५ अर्ब ५४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु. २ खर्ब ४ अर्ब ८० करोड रहेको राष्ट्र बैंकको भनाइ छ । 
अमेरिकी डलरमा अघिल्लो वर्षको नौ महिनामा १ अर्ब ८० करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब १८ करोड रहेको छ । 
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर रु.११ अर्ब ६२ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु. १६ अर्ब ४८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु. १२ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.७ अर्ब १० करोड रहेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया