सरकारको प्राथमिकतामा कृषि बीमा पनि, भुमि बैंकको पनि स्थापना गरिने

६ बर्ष अगाडि

काठमाडौं – सरकारले कषि क्षेत्रमा हुने जोखिमलाई न्यूनिकरण गर्न बीमालाई प्राथमिकतामा राखेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधि तथा राष्ट्रिय सभामा आमगी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । 
सरकारले हालसम्म प्रस्तुत गरेको नीति तथा कार्यक्रमअनुसार कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । सोही शिलशिलामा पशुपक्षी पालन तथा कृषि व्यवसायमा हुने जोखिमलाई न्यूनकरण गनृ पशुपंशी तथा कृषि बीमालाई पनि संगै अगाडि बढाउने उनको भनाइ छ । यसरी जोखिम न्यूनिकरण गरेर कृषिमा गरेको लगानी सुरक्षित गरिने उनले बताइन् । 
साथै, कृषि व्यवसायका लागि भुमि बैंकको पनि स्थापना गरिने उनको भनाइ छ । यसका अलावा सामुहिक रुपमा कृषि व्यवसाय गर्न सकिने व्यवस्था पनि गरिने उनले घोषणा गरेकी ण्छिन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया