सरकारलाई सर्वोच्च अदालतको कडा चेतावनी

७ बर्ष अगाडि

काठमाडौं -आफूले दिएको आदेश पटक पटक उल्लघन गरेको भन्दै सर्वाेच्च अदालतले सरकारलाई कारवाही गर्ने कडा चेतावनी दिएको छ ।
सर्वोच्च अदालतले सरकारलाई संविधानको धारा १२८(४) अनुसार आफ्नो आदेश अवहेलना गरेकाले कारबाही गर्ने चेतावनी दिएको हो । संविधानको धारा १२८ को उपधारा ४ मा ‘अदालतको आदेश वा फैसला अवज्ञा गरेमा कानुन बमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्न सक्ने’ उल्लेख छ ।

सर्वोच्च अदालतले चारपटक सम्म नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई रिहा गर्न आदेश दिएपनि सरकारले सर्वोच्च वाटै पक्राउ गर्दै आएको छ ।

न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले शुक्रवार अवहेलना मुद्धामा कारबाही गर्ने चेतावनी दिएको हो । अाजकाे नेपाल समाचारपत्र दैनिकमा विस्तृतमा खबर छापिएकाे छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया