अर्थमन्त्री खतिवडाको कटाक्षः ‘पसल थापे जस्तो गर्न पुनर्बीमा कम्पनी खोलेका होइनौं’

५ बर्ष अगाडि

काठमाडौं –  अर्थमन्त्री डा. युवराज खतिवडाले पसल थापे जस्तो गर्न नेपाल पुनर्बीमा कम्पनी स्थापना नगरेको टिप्पणी गरेका छन् । पुनर्बीमा कम्पनीले विदेशबाट पनि व्यवसाय लिनुपर्ने उनको जोड छ । 
तर, बिहीबार अनलाइन वेविनार मार्फत गरिएको बीमा समितिको ५२ औं बार्षिक उत्सव समारोहमा उनले दिएको मन्तव्यअनुसार पुनर्बीमा कम्पनीले त्यस्तो नगरको देखिन्छ । 
‘हामी पसल खोलेर बसेका होइनौं । विदेशी बजारमा मार्केटीङ गरौं, कन्भिन्स गरौं । हाम्रा सेवाहरु पनि विश्वस्तरीय छन् भनेर प्रचार गरौं,’ नेपाल पुनर्बीमा कम्पनीलाई लक्षित गर्दै उनले भने, ‘हाम्रो संरचना पनि राम्रा छन् भन्दै विश्वास दिलाउ ।’ अबका दिनमा विदेशमा पुनर्बीमाको व्यवसाय विस्तार गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘यसका लागि थप संस्था स्थापना गर्न तर्फ पनि लागौं । निजी क्षेत्रबाट पनि पुनर्बीमा कम्पनी स्थापना गर्न आउन सक्नुहुनेछन् ’ अब पुनर्बीमालाई बढी भन्दा बढी प्रयोग गर्नुपर्ने उनको भनाइ छ । 
यस्तै, उनले बीमाको अझै सोचे अनुरुपा विस्तार हुन नसकेको उनको भनाइ छ । अबका दिनमा लघुबीमा र कृषिबीमालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ । आगमी बजेट पनि कृषि बीमालाई प्राथमिकता राख्ने उनको भनाइ छ । उनले भने, ‘आगमी बजेट निर्माणको काम भइरहेको छ । बीमा क्षेत्रबाट पनि इमेल मार्फत आवश्यक सुझाव पेश गर्न सक्नुहुनेछ । आवश्यक देखिएमा सम्बोधन गर्नेछौं ।’
उनले संसदमा बिचराधिन रहेको प्रस्तावित बीमा ऐन पनि चाडैं पास हुने विश्वास दिलाए ।

गभर्नर महाप्रसाद अधिकारी, गभर्नर
यस्तै, नेपाल राष्ट्र बैंककका गभर्नर महाप्रसाद अधिकारीले कारोना भाइरसका कारण नेपाली वित्तिय क्षेत्र नमज्जाले प्रभावित भएको बताए । यसका लागि वित्रिय क्षेत्रका निकायमक निकायहरु एक भएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । यसका लागि आमगी आइतबार बैठक नै राखेको उनले जानकारी दिए । 
साथै, बीमा समितिले प्रचलनमा कोभिड–१९ बीमालेख स्वागयोग्य रहेको उनी बताउछन् । आगमी दिनमा पनि आवश्यकता अनुसारका यस्ता प्रडक्ट ल्यानुपर्ने उनको भनाइ छ । साथै, आमगी दिनमा बीमितको हित संरक्षण गर्ने गरि बीमा समितिले काम गर्नुपर्ने उनले बताए । 

भिष्मराज ढुंगाना
अध्यक्ष , नेपाल धितोपत्र बोर्डका

यस्तै, नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पुँजी बजारमा बीमा कम्पनीहरुको बलियो उपस्थीति हुदैं गएको बताए । उनले भने, ‘पुनर्बीमा कम्पनीले हालै आईपीओ निकाष्काश गरेको छ । अन्य नयाँ बीमा कम्पनीले पनि आईपीओ जारी गर्दैछ । जसअनुसार अब पुँजी बजारमा बीमा कम्पनीहरुको बलियो उपस्थीति हुने देखिन्छ ।’
अबका दिनमा बीमा कम्पनीहरुले दोस्रो बजारमा पनि आफ्नो सहभागिता बढाउनुपर्ने उनको भनाइ छ । उनले भने, ‘हामीले बीमा कम्पनीहरुलाई सामुहिक लगानी कोष सञ्चालन गर्नका लागि नीति गत व्यवस्था गरेका छौं । अब बीमा कम्पनीहरुले सेकेन्डरी मार्केटमा पनि उपस्थीति देखाउन पर्छ ।’

कृष्णा प्रसाद आचार्य,  आइक्यान अध्यक्ष ​

यस्तै, आइक्यान अध्यक्ष कृष्णा प्रसाद आचार्यले बीमा कम्पनीहरुले एनएफआरएस प्रणालीलाई राम्रै रेस्पोन्ज गरेपनि लेखा प्रणाली अझै राम्रो बनाउनुपर्ने बताए । 

दिपप्रकाश पाण्डे

बीमक संघका अध्यक्ष

यस्तै, बीमक संघका अध्यक्ष दिपप्रकाश पाण्डेले लकडाउनका कारण हवाई, यातायात लगायतका बीमा व्यवसाय बढी प्रभावित भएको बताए । तर, अन्तरराष्ट्रिय बीमा कम्पनीले गर्न नसकेको कोरोना बीमा नेपाली बीमा कम्पनीले गरेर इतिहास कायम गरेको उनको भनाइ छ । अहिले ६६ हजार भन्दा बढीले यस्तो बीमा गरको र ३ करोड ६३ लाख बीमाशूल्क संकलन भएको उनले बताए । 
कोरोनाले बीमा क्षेत्रमा नयाँ अवसर पनि दिएको उनको भनाइ छ । बीमा क्षेत्रको प्रविधिको विकास र कृषि बीमा नयाँ अवसर भएको उनको भनाइ । विदेशीएका नेपाली कामदार फर्किएर कृषि व्यवसायमा लाग्ने सम्भावना बढी छ । तसर्थ, कृषि बीमाको सम्भावना भएको उनी बताउछन् ।

शिवनाथ पाण्डे

जीवन बीमक संघका अध्यक्ष
यस्तै, जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले लकडाउनका कारण बीमा क्षेत्र पनि नमज्जाले प्रभावित भएको बताए । अहिले जीवन बीमा व्यवसायमा ठलो ह्रास आएको उनको भनाइ छ । बीमाशुल्क संकलनमा गत चैतदेखि नै ह्रास आएको उनी बताउँछन् । 
साथै, बैंकहरुले व्याजदर घटाउँदा बीमा कम्पनीको आम्दानी प्रत्यक्ष रुपमा प्रभावित भएको उनले बताए । बीमा कम्पनीहरुले आफुसँग भएको अधिकांश पुँजी बैंकको निक्षेपमा राखेका हुन्छन् । तर, अहिले कोरोना कारण बैंकहरुले व्याजदर घटाउँदा समस्या भएको उनको भनाइ छ । जिवन बीमा व्यवसायमा परेको समस्यालाई समाधान गर्न बीमा समिति र कम्पनीहरु मिलेर उपायहरु निकाल्नुपर्ने उनी बताउछन् । 
यस्तै, अबका दिनमा गरिब र सिमान्तकृत समुदायलाई लक्षित गरि बीमा पोलिसी ल्याउनुपर्ने उनको भनाइ छ । साथै, त्यसको बीमाशुल्कमा राहत दिनुपर्ने उनले बताए । यसो गर्दा बीमा पहुँच सबै तहका समुदायमा पुग्ने उनी बताउँछन् ।

चिरञ्जीवी चापागाईं

बीमा समितिका अध्यक्ष

यस्तै, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले पछिल्लो एक बर्ष बीमा समितिका लागि उपलब्धी मुलुक भएको बताए । बीमा क्षेत्रको बिकासका लागि बिभिन्न निर्देशिका जारी गर्ने र बीमा पहुँच बढाउन अन्तरक्रिया गर्ने काम यस बीचमा भउको उनको दावी छ । 
उनले अबका दिनमा जीवन बीमालेख नविकरण नहुने, पोलिसी सरेन्डर हुने सम्भावना रहेको बताए । तर, त्यसलाई न्यूनिकरण गर्न समितिले आवश्यक कदम उठाउने उनको भनाइ छ । यस्तै, निर्जीवन बीमा कम्पनीले आफ्नो बीमाको दायरा नयाँ नयाँ क्षेत्रमा लैजानुपर्ने उनको भनाइ छ । 
निर्जीवन बीमा कम्पनीले हवाई, यातायात जस्ता क्षेत्रमा मात्र आाफ्नो व्यवसाय सिमित राख्न नहुने उनी बताउछन् । उनले भने, ‘कोरोनाले गर्दा यी क्षेत्र अन्योलमा छ । अब बीमा व्यवसाय फस्टाउन नयाँ नयाँ पोलिसी ल्याउन आवश्यक छ ।’ 
यस्तै, बैंकहरुले निक्षेपको व्याजदर घटाउँदा प्रत्यक्ष रुपमा बीमा कम्पनीहरुको नाफा प्रभावित भएको उनको भनाइ छ । ‘बीमा कम्पनीहरुले आफै जोखिम लिने संस्था हुन् । यो अवस्थामा कम्पनीलाई अन्य क्षेत्रमा लगानी गर्न जोखिमयुक्त हुन्छ,’ उनले भने, ‘तसर्थ, बीमा कम्पनीहरुले बैंक  निक्षेपमा नै बढी लगानी गरेको छन् । तर, अहिले बैंकको व्याजदर घटेपछि बीमा कम्पनीको नाफा प्रभावित हुने देखिएको छ ।’ तसर्थ, यसमा सबन्धीत निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया