काठमाडौँ-अब सामाजिक सुरक्षा भत्ता पाउन ७० वर्ष उमेर पुगेको हुनुपर्ने छ । सामाजिक सुरक्षा भत्ता पाउने उमेर कानुनमै तोकिएको हो । दलित र एकल महिलाको हकमा भने ६५ वर्ष उमेर कायम गरिएको छ । सामाजिक सुरक्षासम्बन्धी विधेयकलाई प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले अन्तिम रुप दिएको हो । शनिबारको प्रतिनिधिसभा बैठकमा यो विधेयक प्रस्तुत हुँदैछ ।
विधेयकले सामाजिक सुरक्षा भत्ताको उमेर तोकेको थिएन । कतिपय अवस्थामा निर्वाचनको एजेण्डा नै बन्ने गरेको विषयलाई कानुनी रूपमा समय तोकिएको हो । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।
प्रतिक्रिया