काठमाडौं – हालै डेढ अर्ब बराबरको आईपीओ निष्काशन गरेको नेपाल पुनर्बीमा कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा कुल रु. ६२ करोड ३३ लाख ६१ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सो अवधीको भन्दा ११.७२ प्रतिशतले बढी हो । गत आवको समिक्षा अवधीमा उक्त कम्पनीले रु. ५५ करोड ७९ लाख ६० हजार खुद नाफा कमाएको थियो ।
समिक्षा अवधीमा निर्जीवन बीमा तर्फको पुनर्बीमा व्यवसायबाट रु. ५६ करोड ३२ लाख ५९ हजार खुद नाफा कमाएको छ । यस्तै, जीवन पुनर्बीमा व्यवसायबाट कम्पनीले रु. ६ करोड १ लाख २ हजार खुद नाफा कमाएको छ ।
समिक्षा अवधीमा कम्पनीले निर्जीवन पुनर्बीमा व्यवसायबाट रु. २ अर्ब ८१ करोड ७३ लाख खुद बीमाशुल्क संकलन गरेको छ । जीवन पुनर्बीमाबाट भने रु. १९ करोड ९८ लाख १३ हजार बीमाशुल्क संकलन गरेको छ । कम्पनीले जम्मा ३ करोड १ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको देखिन्छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. ८ अर्ब ४० करोड रहेको छ । कम्पनीकाले जगेडामा २ अर्ब ५ करोड, बीमा कोषमा १ अर्ब ४५ करोड ५० लाख रुपैयाँ जम्मा गरेको छ ।
प्रतिक्रिया