काठमाडौं – नेपालमा थप २४ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयको बुधबारसाझँ ७ः५० सम्मको तथ्यांकले यस्तो देखाएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणले यस्तो पुष्टी गरेको हो । योसँगै नेपालको कोरोना संक्रमितको संख्या २४३ पुगेको छ ।
रुपन्देही निवासी २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ बर्षीय पुरुषमा यसको संक्रमण देखिएको हो । यस्तै, त्यही जिल्लाका ४, १० र २८ बर्षिय महिलामा पनि यसको संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । यसैगरि कपिलबस्तु जिल्लाका २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ बर्षका पुरुषमा संक्रमण देखिएको छ । यस्तै, पर्साका ३६ र ७४ बर्षीय पुरुष र ३६ बर्षकी महिलामा कोरोना संक्रमण देखिएको मन्त्रालयले बताएको छ ।
साथै, नवल परासी निवासी ३६ बर्षीय पुरुषमा पनि संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया