काठमाडौं – एनएमबी बैंकले चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा रु. १ अर्ब ८८ करोड ३२ लाख खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
बैंकको यो नाफा गत आवको सो अवधीको भन्दा १४ प्रतिशतले बी हो । गत आवको सो अवधी बैंकले रु. १ अर्ब ६५ लाख ११ लाख खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा भने ५८ करोड ७७ लाख रुपैयाँ रहेको छ ।
यस्तै, बैंकले हालसम्म रु. १ खर्ब ३० अर्ब ३२ करोड निक्षेप संकलन गरेको छ । कर्जातर्फ भने रु. १ खर्ब १९ अर्ब २० करोड प्रवाह भएको वित्तिय विवरणमा उल्लेख छ । यस्तै, बैंकले अन्य बैंक तथा वित्तिय संस्थालाई ४ अर्ब ९ करोड ५ लाख रुपैयाँ बढी कर्जा प्रदान गरेको छ ।
प्रवाहति कर्जाबाट बैंकले यस अवधीमा रु. १० अर्ब ८७ करोड कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने रू. ४ अर्ब २९ करोड भन्दा बढी रहेको छ ।
हाल बैंकको चुक्तापुँजी रु. १३ अर्ब ९५ करोड रहेको छ । बैंकले आफ्नो जगेडामा भने रु. ६ अर्ब ३६ करोड भन्दा बढी रकम जम्मा गरेको छ ।
प्रतिक्रिया