कुमारी बैंकको नाफामा भिनो सुधार, ईपीएस कति ?

५ बर्ष अगाडि

काठमाडौं – कुमारी बैंकले चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा रु. १ अर्ब १ करोड २२ लाख खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
बैंकको यो नाफा गत आवको सो अवधीको भन्दा भिनो मात्राले बढी हो । गत आवको सो अवधी रु. १ अर्ब ३३ लाख खुद नाफा कमाएको थियो ।
यस्तै, बैंकले हालसम्म रु. ८५ अर्ब ५० करोड ६७ लाख निक्षेप संकलन गरेको छ । कर्जातर्फ भने रु. ८९ अर्ब ७० करोड ५० लाख प्रवाह भएको वित्तिय विवरणमा उल्लेख छ । यस्तै, बैंकले अन्य बैंक तथा वित्तिय संस्थालाई ३ अर्ब ५ करोड १७ लाख रुपैयाँ बढी कर्जा प्रदान गरेको छ । 
प्रवाहति कर्जाबाट बैंकले यस अवधीमा रु. ७ अर्ब ९० करोड कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने रू. २ अर्ब भन्दा बढी रहेको छ ।
हाल बैंकको चुक्तापुँजी रु. ९ अर्ब ५५ करोड रहेको छ । बै.कले आफ्नो जगेडामा भने रु. ३ अर्ब ५ करोड भन्दा बढी रकम जम्मा गरेको छ । वित्तिय विवरणअनुसार बैंकका प्रति शेयर आम्दानी रु. १४.१३ रहेको छ । यस्तै, पिई रेसियो १२.५२, प्रतिशेयर नेटवर्थ १३२.६५, प्रति शेयर बजार मुल्य १७७ रुपैयाँ रहेको छ । यसैगरि तरलता अनुपात भने २०.०३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।   

५ बर्ष अगाडि

प्रतिक्रिया