साना किसान विकास लघुवित्तको नाफा साढे ४३ करोड, इपीएस ५८ रुपैयाँ

५ बर्ष अगाडि

काठमाडौं – साना किसान विकास लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक बर्षको चैत मसान्तसम्म रु. ४३ करोड ५० लाख ९४ हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
लघुवित्त यो नाफा गत आवको सो अवधीको २५.७५ प्रतिशतले बढी हो । गत आवको सो अवधी लघुवित्तले ३४ करोड ५९ लाख ९८ हजार खुद नाफा कमाएको थियो । 
हालसम्म लघुवित्तले रु. १९ अर्ब ७९ करोड १ लाख डिपोजीट संकलन गरेको छ । साथै, लघुवित्तले रु. २२ अर्ब १२ करोड ४२ लाख कर्जा प्रवाह गरेको छ । 
प्रवाहित कर्जाबाट लघुवित्तले ९ महिनामा रु. १ अर्ब ६८ करोड ९ लाख ६४ हजार व्याज आम्दानी गरेको छ । लघुवित्तको खुद व्याज आम्दानी भने ७९ करोड ५० लाख ५० हजार रहेको छ । 
हाल लघुवित्तको चुक्तापुँजी १ अर्ब रुपैयाँ रहेको छ । लघुवित्तले आफ्नो जगेडा कोषमा रु. १ अर्ब ८६ करोड १४  लाख रकम जम्मा गरेको छ । वित्तिय विवरण अनुसार लघुवित्तको प्रति शेयर आम्दानी ५८.००, मुल्य आम्दानी अनुपात १७.०७, प्रतिशेयर नेटवर्थ २८६.१०, तरलता अनुपात ९.४१  प्रतिशत र प्रति शेयर कुल सम्पत्तिमा प्रतिफल २५२३.५४ रहेको छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया