काठमाडौं – एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक चैत मसान्तसम्म रु. १३ करोड ३३ लाख ४१ लाख खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आव २०७६÷७७ को तेस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा २३२ प्रतिशतले बढी हो । गत आवको सो अवधीमा कम्पनीले रु. ४ करोड १ लाख ६६ हजार खुद नाफा कमाएको थियो ।
समिक्षा अवधीमा कम्पनीले रु. ७४ करोड १३ लाख ५७ हजार बीमाशुल्क संकलन गरेको छ । गत आवको सो अवधीमा कम्पनीले रु. ६० करोड ४७ लाख बीमाशुल्क संकलन गरेको थियो । कम्पनीले यो आवमा ६९ हजार ११६ ओटा बीमालेख जारी गरेको छ । नविकरण गरिएको बीमालेखको संख्या भने ९८ मात्र रहेको छ ।
कम्पनीले रु. १ अर्ब ३४ करोड ५ लाख अल्पकालिन रुपमा लगानी गरेको छ । दिर्घकालिन रुपमा भने ३० करोड ५७ लाख रुपैयाँ लगानी भएको देखिन्छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. १ अर्ब ९ करोड रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. २० करोड ७८ लाख, बीमा कोषमा रु. २९ करोड ३९ लाख पैसा जम्मा गरेको छ । वित्तिय विवरणअनुसार कम्पनीको प्रति शेयर आम्दानी रु. १६.३९ रहेको छ । कम्पनीको प्रति शेयर नेटवर्थ रु. १४५.९१, मुल्य आम्दानी अनुपात २१.०५, प्रतिशेयर कुल सम्पत्तिको मुल्य रु. २२०.३९ रहेको छ ।
प्रतिक्रिया