महालक्ष्मी लाइफको नाफा साढे ६ करोड, बीमाशुल्क कति ?

५ बर्ष अगाडि

काठमाडौ – महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको चैत मसान्तसम्म रु. ६ करोड ५८ लाख १७ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
गत आवको सो अवधीको तुलनामा कम्पनीको नाफामा आंशिक सुधार आएको देखिन्छ । गत आवको सो अवधीमा कम्पनीले रु. ६ करोड २२ लाख ५४ हजार खुद नाफा कमाएको थियो । 
यस्तै, कम्पनीले यस आवमा रू. ३९ करोड ८२ लाख ६४ हजार कुल बीमाशुल्क संकलन छ । खुद बीमाशुल्क आर्जन ३९ करोड ३१ लाख रुपैयाँ रहेको छ । कम्पनीले हालसम्म भने रु. ६४ करोड ९६ लाख २३ हजार कुल बीमाशुल्क संकलन गरेको छ । 
हाल कम्पनीको चुक्तापँजी रु. १ अर्ब ४० करोड रहेको छ । कम्पनीको जगेडा कोषमा रु. ७ करोड २ लाख १६ हजार, जीवन बीमा कोषमा रु. ४९ करोड १९ लाख ५२ हजार र महाविपत्ती कोषमा ७८ लाख रुपैयाँ छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया