काठमाडौं – सेञ्चुरी बैंकले चालु आर्थिक बर्षको चैत मसान्तसम्म रू. ९१ करोड ५७ लाख ७९ हजार खद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
बैंकको यो नाफा गत आवको सो अवधीको भन्दा ५० प्रतिशतले बढी हो । गत आवको सो अवधीमा बैंकले रू. ९१ करोड ५७ लाख खुद नाफा कमाएको थियो । यद्यपि, र्बैंकको वितरणयोग्य नाफामा भने रू. १३ करोड ४१ लाख १५ हजार रहेको छ ।
हालसम्म बैंकले रु. ५८ अर्ब ४० करोड भन्दा बढी निक्षेप संकलन गरेको छ । यस्तै, ग्राहकलाई रु. ५८ अर्ब १० करोड कर्जा दिएको बैंकको वित्तिय प्रतिवेदनमा उल्लेख छ । यसैगरि, बैंक तथा वित्तिय संस्थालाई रु. १ अर्ब ९० करोड ७९ लाख कर्जा प्रवाह गरेको बैंकको भनाइ छ ।
प्रवाहित कर्जाबाट बैंकले रु. ६ अर्ब १९ करोड ४९ लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने रू. २ अर्ब २५ करोड १५ लाख रुपैयाँ रहेको छ ।
हाल बैंकको चुक्तापुँजी रु. ८ अर्ब ४१ करोड रहेको छ । बैंकले आफ्नो जगेडामा भने १ अर्ब ७९ करोड ९१ लाख रुपैयाँ राखेको छ । वित्तिय विवरणअनुसार बैंकको प्रति शेयर आम्दानी १४.५२ रुपैयाँ रहेको छ । यस्तै, प्रति शेयर नेटवर्थ १२९.७२, पिई रेसियो १०.९६, प्रतिशेयर बजार मुल्य ९२४.६३ र तरलता अनुपात २२.०७ प्रतिशत रहेको छ ।
प्रतिक्रिया