नेपाल बैंकसँग छैन वितरणयोग्य नाफा, खुद नाफा पनि घट्यो

५ बर्ष अगाडि

काठमाडौं – नेपाल बैंकले चालु आर्थिक बर्षको चैत मसान्तसम्मारु. १ अर्ब ९९ करोड ६५ लाख खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
यद्यपि, समिक्षा अवधीमा बैंक नाफा गत आवको सो अवधीको भन्दा ११ प्रतिशतले कम हो । गत आवको सो अवधीमा बैंकले रू. २ अर्ब २४ करोड ५५ लाख खुद नाफा कमाएको थियो । यद्यपि, र्बैंकको वितरणयोग्य नाफामा भने रू. ६ करोड १९ लाख ८२ हजारले घाटामा रहेको छ । 
हालसम्म बैंकले रु. १ खर्ब २२ अर्ब ७० करोड भन्दा बढी निक्षेप संकलन गरेको छ । यस्तै, रु. १ खर्ब २ अर्ब ६७ करोड ग्राहकलाई कर्जा दिएको बैंकको वित्तिय प्रतिवेदनमा उल्लेख छ । यसैगरि, बैंक तथा वित्तिय संस्थालाई रु. ४ अर्ब १६ करोड १२ लाख कर्जा प्रवाह गरेको बैंकको भनाइ छ । 
प्रवाहित कर्जाबाट बैंकले रु. २ अर्ब ९३ करोड ९ लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने रू. १ अब ४७ करोड ३१ लाख रुपैयाँ रहेको छ । 
हाल बैंकको चुक्तापुँजी रु. ९ अर्ब ८१ करोड रहेको छ । बैंकले आफ्नो जगेडामा भने १४ अर्ब १७ करोड ६२ लाख रुपैयाँ राखेको छ । वित्तिय विवरणअनुसार बैंकको प्रति शेयर आम्दानी २७.१३ रुपैयाँ रहेको छ । यस्तै, प्रति शेयर नेटवर्थ २९६.६३, पिई रेसियो ९.२५, प्रतिशेयर बजार मुल्य २५१ र तरलता अनुपात २१.२५ प्रतिशत रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया