करबारे वार्ता आह्वान

७ बर्ष अगाडि


लहान –  कर वृद्धि विरुद्ध सर्वपक्षीय सङ्घर्ष समितिले चरणबद्ध आन्दोलन शुरु गरेपछि सिरहाको मिर्चैया नगरपालिकाले आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ । 

नगरपालिका कार्यालयले विहिबार सार्वजनिक सूचना जारी आन्दोलनरत पक्षलाई वार्ताको माध्यमबाट समस्या समाधान गर्न आह्वान गरेको हो । नगरपालिकाको सूचनालाई सकारात्मक रुपमा लिइएको सङ्घर्ष समितिका संयोजक अशोककुमार साहले बताउनुभयो । 

नगरपालिकाले निर्धारण गरेको असोज १ गते आफूहरु वार्तामा बस्न तयार रहेको उहाँले बताउनुभयो । नगरपालिकाले वृद्धि गरेको मालपोत कर, एकीकृत सम्पति कर, घर बहाल करलगायतका दस्तुर फिर्ताको माग गर्दै उद्योग वाणिज्य सङ्घ, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधि सम्मिलित सङ्घर्ष समितिले आन्दोलन गर्दै आएको छ 

७ बर्ष अगाडि

प्रतिक्रिया