काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाईको सरकारले दुई कौरीको काम नगरेको टिप्पणी गरे । शक्तिशाली सरकारबाट के पाएको भनि उनले प्रश्न गरे । उनले भने, निर्वाचित सांसद किन रिहाय भएन, रेशम चौधरी किन रिहा भएन, संविधान संशोधनको कुरा उठाउदिन, निर्मला बलत्कारीको कुरा उठाइदिन, महामारीको बेला भ्रष्टाचारी भएको कुरा पनि उठाउदिन, आज केही कुरा उठाउदिन, आज एउटै कुरा उठाउछु त्यो हो, नेपाली नागरिकको जीवन रक्षा गर्न माग गरेहेका छ ।
जनतामाथि संकट आउनसक्छ, नेपालमा महामारी फैलियो भनि सम्हाल्न नसकिने उनले विदेशमा रहेका जनताको रोजगारी खोजिएको छ, यो अवस्थामा स्वदेश फर्काउने काम गर्नुपर्ने माग गरे । सीमा क्षेत्रमा जनता बसिरहेका छन्, उनीहरुलाई फर्काउने काम सरकारले गर्नुपर्ने बताउँदै उनले सरकारले जनताको बारेमा सोचदिनु पर्यो ।
मानवता विरुद्धको काम सरकारले गरेको छ, पद बचाउनका लागि रतारात अध्यादेश ल्याएर दल फुटाउने काम गरेको उनले आरोप लगाए । उनले प्रश्न गरे, यो अध्यादेश के का लागि आएको हो, पार्टी फुटाउनका लागि हो होइन, जनता कोरोना भाइरसबाट पीडित छन्, उपचार पाइरहेको छैन, स्वास्थ्यकर्मीले सामाग्री पाइरहेको छैन, तर सरकार अर्कै काममा लागेको छ ।
अपहरणकारीलाई कारवाही गर्दियौं भन्न जाँदा निवेदन लिदैन कतैबाट हुकुम आएर होला अनि निवेदन नलिएको नेता महतोले आरोप लगाए । कुर्सी जोगाउने र कुर्सी पाउने खेलमा सरकार नै लागेको र जनताको जीवनसँग सरोकार नराखेको टिप्पणी गर्दै उनले यतिबेला नै जनताले सरकारबाट आशा भरोसा गरेका हुन्छन्, तर केही गरेन भने त्यसको विकल्प खोज्ने बताए ।
उनले भने, हामी पनि सरपराइज गरेर देखाई दिएको रातारात एकीकरण गरेर देखाई दिएका छौं ।
यत्रो दिन भइसक्यो तर विदेशबाट आएका जतिको पनि जाँच गर्न नसकेको उनले आरोप लगाए । उनले भने, कछुवाको गतिमा कोरोनाको जाँच भयो, ब्यापक रुपमा जाँच भएपछि मात्र थाह हुन्छ कि कति सक्रमित छन् ।
जनता समाजवादी पार्टीको रुपमा जनताले विकल्प खोजेको छ, त्यो शक्ति निर्माणको काममा आफूहरुले लागेको बताउँदै उनले समृद्धी अधिकार र पहिचानका लागि काम गर्ने बताए । मुलुकलाई बहुराष्ट्रिय निर्माण गर्नुछ, सबै जनताको देश बनाउनुछु, सबैको अधिकारको कुरा गर्नुछ, त्यसको लागि जसपा गठन गरेको उनले बताए ।
प्रतिक्रिया