मिथिला लघुवित्तको नाफा ४५ प्रतिशतले बढ्यो

६ बर्ष अगाडि

काठमाडौं – मिथिला  लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा रू. ३ करोड २ लाख २५ हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
लघुवित्तको यो नाफा गत आवको सो अवधीको भन्दा ४५.३९ प्रतिशतले बढी हो । गत आवको सो अवधीमा लघुवित्तले रु. २ करोड ठ लाख ८८ हजार खुद नाफा कमाएको थियो । 
लघुवित्तले चैतसम्म  रु. ६५ करोड १२ लाख डिपोजिट संकलन गरेको छ । कर्जा तर्फ भने रु. १ अर्ब ७२ करोड ९१ लाख प्रवाह भएको देखिन्छ । प्रवाहित कर्जाबाट लघुवित्तले १९ करोड ९७ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ । लघुवित्तको खुद व्याज आम्दानी भने ९ करोड ९२ लाख रुपैयाँ रहेको छ । 
हाल लघुवित्तको चुक्तापुँजी ६ करोडरुपैयाँ छ । लघुवित्तले आफ्नो जगेडामा रु. ९ करोड ६८ लाख भन्दा बढी पैसा जम्मा गरेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया