सामुदायिक लघुवित्तको नाफा १५ प्रतिशतले बढ्यो, इपीएस कति ?

६ बर्ष अगाडि

काठमाडौं – सामुदायिक लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा रू. २ करोड ६ लाख ५९ हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
लघुवित्तको यो नाफा गत आवको सो अवधीको भन्दा १५ प्रतिशतले बढी हो । गत आवको सो अवधीमा लघुवित्तले रु. १ करोड ७९ लाख ५१ हजार खुद नाफा कमाएको थियो । 
लघुवित्तले चैतसम्म  रु. ४० करोड ९६ लाख डिपोजिट संकलन गरेको छ । कर्जा तर्फ भने रु. १ अर्ब ८ करोड ७८ लाख प्रवाह भएको देखिन्छ । प्रवाहित कर्जाबाट लघुवित्तले ११ करोड ९१ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ । लघुवित्तको खुद व्याज आम्दानी भने ६ करोड ३३ लाख रुपैयाँ रहेको छ । 
हाल लघुवित्तको चुक्तापुँजी १० करोडरुपैयाँ छ । लघुवित्तले आफ्नो जगेडामा रु. ९ करोड ३२ लाख भन्दा बढी पैसा जम्मा गरेको छ । वित्तिय विवरणअनुसार कम्पनीको प्रति शेयर आम्दानी २७.५५, प्रति शेयर कुल सम्पत्तिको मुल्य १३१०.६८ पीई रेसियो २६.९० प्रतिशत, तरलता अनुपात २८.०८ प्रतिशत र प्रति शेयर नेटवर्थ १९३.२२ रुपैयाँ रहेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया