ग्रीन डेभलमेन्ट बैंकको इपीएस ४.३३ रुपैयाँ मात्र, नाफा कति ?

६ बर्ष अगाडि

काठमाडौं – ग्रीन डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको चैत मसान्तसम्म १ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
बैंक यो नाफा गत आवको सो अवधीको भन्दा रु. १९ लाख ७८ हजारले बढी हो । गत आवको सो बैंकले रु. १ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले चैतसम्म रु. १ अर्ब ३५ करोड २९ लाख ३९ हजार निक्षेप संकलन गरेको छ । यस्तै, बैंकले ग्राहकलाई १ अर्ब ५ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंक तथा वित्तिय संस्थालाई भने १८ करोड १२ लाख कर्जा प्रवाह गरेको देखिन्छ । 
प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधीमा  १४ करोड १३ लाख रुपैयाँ कुल व्याज आम्दानी गरेको छ । बैंकले खुद व्याज आम्दानी भने रु. ६ करोड ३२ लाख रुपैयाँ रहेको छ ।
हाल बैंकको चुक्तापुँजी ५० करोड रहेको छ । बैंकले हालसम्म जगेडामा २ करोड ७२ लाख रुपैयाँ जम्मा गरेको छ । वित्तिय विवरणअनुसार बैंकको प्रतिशेयर आम्दानी ४.३३ रुपैयाँ रहेको छ । यस्तै, प्रतिशेयर नेटवर्थ १०७.४८, तरलता अनुपात ४२.७८, मुल्य आम्दानी अनुपात २५.३८, प्रति शेयर कुल सम्पत्तिको मुल्य ३८४.०७, पुँजी कोष अनुपात ३४.९६ प्रतिशत रहेको विवरणमा उल्लेख छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया