आरएसडिसी लघुवित्तको नाफा २७ प्रतिशतले बढ्यो, इपीएस कति ?

६ बर्ष अगाडि

काठमाडौं – आरएसडिसी लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा रू. ५ करोड ४३ लाख ८६ हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
लघुवित्तको यो नाफा गत आवको सो अवधीको भन्दा २७ प्रतिशतले बढी हो । गत आवको सो अवधीमा लघुवित्तले रु. ४ करोड २८ लाख २६ हजार खुद नाफा कमाएको थियो । 
लघुवित्तले चैतसम्म  रु. २ अर्ब ९९ करोड ४८ लाख डिपोजिट संकलन गरेको छ । कर्जा तर्फ भने रु. ३ अर्ब १० करोड ६० लाख प्रवाह भएको देखिन्छ । प्रवाहित कर्जाबाट लघुवित्तले ३० करोड ४८ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ । लघुवित्तको खुद व्याज आम्दानी भने ९ करोड ६१ लाख रुपैयाँ रहेको छ । 
हाल लघुवित्तको चुक्तापुँजी ६७ करोड १५ लाख रुपैयाँ छ । लघुवित्तले आफ्नो जगेडामा रु. १२ करोड २० लाख भन्दा बढी पैसा जम्मा गरेको छ । वित्तिय विवरणअनुसार कम्पनीको प्रति शेयर आम्दानी १०.८०, प्रति शेयर कुल सम्पत्तिको मुल्य १२६.३६, पीई रेसियो ४०.८४ प्रतिशत, तरलता अनुपात २३.४२ प्रतिशत र प्रति शेयर नेटवर्थ ११८.१८ रुपैयाँ रहेको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया