सगरमाथा इन्स्योरेन्सले कमायो १० करोड नाफा, इपीएस कति ?

६ बर्ष अगाडि

काठमाडौं – सगरमाथा इस्योरेन्स कम्पनीले चालु आर्थिक तेस्रो त्रैमाससम्म रु. १० करोड ३९ लाख १६ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीको यो नाफा गत आवको सो अवधीको भन्दा २२.४० प्रतिशतले बढी हो । गत आवको सो अवधीमा कम्पनीले रु. ८ करोड ४८ लाख ९६ हजार खुद नाफा कमाएको थियो ।
चालु आर्थिक बर्षको चैतसम्म कम्पनीले रू. १ अर्ब २३ करोड ९८ लाख कुल बीमाशुल्क संकलन गरेको छ । यस्तै, ८७ हजार ५८३ ओटा नयाँ बीमालेख जारी गरेको छ भने २० हजार ५४७ ओटा बीमालेख नविकरण गरेको छ । गत आवको सोवधीमा कम्पनीले ६५ हजार ४२५ अ‍ोटा नयाँ र २४ हजार ६०३ पुराना बीमालेख नविकरण गरेको थियो । 
हाल कम्पनीको चुक्तापुँजी रु. १ अर्ब १२ लाख रहेको छ । कम्पनीले आफ्नो जगेडा कोषमा रू.२८ करोड १५ लाख, बीमा कोषमा रू.६२ करोड रू. १३ लाख र महाविपत्ति कोषमा रू. १० करोड ४६ लाख पैसा जम्मा गरेको छ ।
कम्पनीले अल्पकालिन रुपमा २ अर्ब ४० करोड ७० लाख रुपैयाँ लगानी गरेको छ । दिर्घकालिन रुपमा भने रू. ४९ करोड ११ लाख  लगानी गरेको छ ।  वित्तिय विवरणअनुसार कम्पनीको प्रति शेयर आम्दानी रू. २०.७६, मुल्य आम्दानी अनुपात रू. २८.४२, प्रतिशेयर नेटवर्थ रू. २००.६४ र प्रति शेयर कुल सम्पत्तिको मुल्य रू. ४५८.८८ रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया