काठमाडौं – युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा रु. ४ करोड २६ लाख ६ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सो अवधीको भन्दा ४३.५७ प्रतिशतले कम हो । गत आवको सो अवधीमा कम्पनीले रु. ७ करोड ५५ लाख १३ हजार खुद नाफा कमाएको थियो ।
कम्पनीले चैत मसान्तसम्म रु. ५१ करोड २१ लाख ७४ हजार कुल बीमाशुल्क संकलन गरेको छ भने ६९ हजार २८५ ओटा बीमाललेख जारी गरेको छ । गत आवको सो अवधीमा कम्पनीले रु. ३५ करोड ५५ लाख बराबरको बीमाशुल्क संकलन गरेर ४९ हजार ४३८ ओटा बीमालेख जारी गरेको थियो । कम्पनीको खुद बीमाशुल्क आम्दानी भने रु. २४ करोड ७१ लाख रहेको छ ।
कम्पनीले यो बर्ष थप ४ हजार ५१० बीमालेख नविकरण गरेको भएको छ । तथ्यांकअनुसार नविकरण गर्ने बीमालेखको संख्या पनि घटेको छ । गत आवको सो अवधीमा कम्पनीले ६ हजार १६२ ओटा बीमालेख नविकरण गरेको थियो ।
हाल कम्पनीको चुक्तापुँजी रु. १ अर्ब २ करोड रहेको छ । कम्पनीले आफ्नो जगेडा कोषमा रु. ११ करोड ४४ लाख र बीमा कोषमा रु. ३४ करोड ७४ लाख पैसा जम्मा गरेको छ । यस्तै, महाविपत्ती कोषमा रु. ६९ करोड १४ लाख रकम जम्मा भएको देखिन्छ ।
कम्पनीले दिर्घकालिन रुपमा रू. २१ करोड ५५ लाख लगानी गरेको छ । अल्पकालिन रुपमा भने रू. १ अर्ब ३० करोड ६० लाख लगानी गरेको कम्पनीको भनाइ छ । कम्पनीको वित्तिय विवरणअनुसार कम्पनीको प्रति शेयर आम्दानी (इपीएस) ५.५३, प्रति शेयर नेटवर्थ १४५.६०, मुल्य आम्दानी अनुपात ५५.५६ र प्रति शेयर कुल सम्पत्तिको मुल्इ २७७.२३ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया