४४ प्रतिशतले बढ्यो चौतारी लघुवित्तको नाफा, प्रतिशेयर आम्दानी कति ?

६ बर्ष अगाडि

काठमाडौं – चौतारी लघुवित्तले चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा रु. २ करोड ६८ लाख ६८ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
लघुवित्त यो नाफा गत आवको सो अवधीको ४४.५४ प्रतिशतले बढी हो । गत आवको सो अवधी लघुवित्तले १ करोड ८५ लाख ८८ हजार खुद नाफा कमाएको थियो । 
हालसम्म लघुवित्तले रु. ६३ करोड ७४ लाख डिपोजीट संकलन गरेको छ । साथै, लघुवित्तले रु. १ अर्ब ७४ करोड ५२ लाख कर्जा प्रवाह गरेको छ । 
प्रवाहित कर्जाबाट लघुवित्तले ९ महिनामा रु. २० करोड ३८ लाख ३८ हजार व्याज आम्दानी गरेको छ । लघुवित्तको खुद व्याज आम्दानी भने ९ करोड २६ लाख ५० हजार रहेको छ । 
हाल लघुवित्तको चुक्तापुँजी १९करोड ९० रहेको छ । लघुवित्तले आफ्नो जगेडा कोषमा रु. ५ करोड ६६ लाख रकम जम्मा गरेको छ । वित्तिय विवरण अनुसार लघुवित्तको प्रति शेयर आम्दानी १८.००, मुल्य आम्दानी अनुपात २४.०९, प्रतिशेयर नेटवर्थ १२८.७४, तरलता अनुपात ५.२६ प्रतिशत र प्रति शेयर कुल सम्पत्तिमा प्रतिफल १.४४ रहेको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया