लक्ष्मी लघुवित्त नाफा १० करोड नजिक, अन्य परिसुचक कस्तो

६ बर्ष अगाडि

काठमाडौं – लक्ष्मी लघुवित्तले चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा रु. ९ करोड ८९ लाख १० हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
लघुवित्त यो नाफा गत आवको सो अवधीको २५ प्रतिशतले बढी हो । गत आवको सो अवधी लघुवित्तले ९ करोड ९१ लाख ६० लाख खुद नाफा कमाएको थियो । 
हालसम्म लघुवित्तले रु. १ अर्ब ५१ करोड ५६ लाख डिपोजीट संकलन गरेको छ । साथै, लघुवित्तले रु. ४ अर्ब ५२ करोड २२ लाख कर्जा प्रवाह गरेको छ । 
प्रवाहित कर्जाबाट लघुवित्तले ९ महिनामा रु. ५४ करोड ५ लाख ५२ हजार व्याज आम्दानी गरेको छ । लघुवित्तको खुद व्याज आम्दानी भने २७ करोड ४१ लाख ६७ हजार रहेको छ । 
हाल लघुवित्तको चुक्तापुँजी २७ करोड ८३ रहेको छ । लघुवित्तले आफ्नो जगेडा कोषमा रु. २७ करोड ३३ लाख रकम जम्मा गरेको छ । वित्तिय विवरण अनुसार लघुवित्तको प्रति शेयर आम्दानी ४७.३०, मुल्य आम्दानी अनुपात २०.१०, प्रतिशेयर नेटवर्थ १९८.२७ र प्रति शेयर कुल सम्पत्तिको मुल्य १७६२.२९ रुपैयाँ रहेको छ । 


 

६ बर्ष अगाडि

प्रतिक्रिया