काठमाडौं – स्वदेशी लघुवित्तले चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा रु. ५ करोड ३९ लाख ६८ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
लघुवित्त यो नाफा गत आवको सो अवधीको १२ प्रतिशतले बढी हो । गत आवको सो अवधी लघुवित्तले ४ करोड ८१ लाख ७१ लाख खुद नाफा कमाएको थियो ।
हालसम्म लघुवित्तले रु. १ अर्ब २३ करोड ९० लाख डिपोजीट संकलन गरेको छ । साथै, लघुवित्तले रु. ३ अर्ब ८१ करोड ७७ लाख कर्जा प्रवाह गरेको छ ।
प्रवाहित कर्जाबाट लघुवित्तले ९ महिनामा रु. ४५ करोड ९ लाख ७७ हजार व्याज आम्दानी गरेको छ । लघुवित्तको खुद व्याज आम्दानी भने १९ करोड ८१ लाख ३२ हजार रहेको छ ।
हाल लघुवित्तको चुक्तापुँजी २७ करोड ६० रहेको छ । लघुवित्तले आफ्नो जगेडा कोषमा रु. १५ करोड ३२ लाख रकम जम्मा गरेको छ । वित्तिय विवरण अनुसार लघुवित्तको प्रति शेयर आम्दानी २६.०७, मुल्य आम्दानी अनुपात २९.७३, प्रतिशेयर नेटवर्थ १५५.५२, तरलता अनुपात ९.६२ प्रतिशत र प्रति शेयर कुल सम्पत्तिको मुल्य १६००.५६ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया