काठमाडौं – सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा रु. २ करोड ८९ लाख खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा २८.२१ प्रतिशतले बढी हो । गत आवको सोही अवधी कम्पनीले रु. २ करोड ३ लाख खुद नाफा कमाएको थियो ।
कम्पनीले चैत मसान्तसम्म रु. २६ करोड ३३ लाख बीमाशुल्क संकलन गरेको छ भने ३१ हजार ८७२ ओटा बीमालेख जारी गरेको छ । कम्पनीको खुद बीमाशुल्क संकलन भने ९ करोड ४२ लाख रुपैयाँ रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. ७० करोड रहेको छ । कम्पनीले जगेडा कोषमा ३ करोड भन्दा बढी रकम जम्मा गरेको छ । यस्तै, बीमा कोषमा ४ करोड ४१ लाख ७ हजार जम्मा गरेका कम्पनीको भनाइ छ ।
कम्पनीले दिर्घकालिन रुपमा ८५ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै, अल्पकालिन रुपमा ८४ करोड २८ लाख रुपैयाँ लगानी गरिएको कम्पनीको भनाइछ ।
प्रतिक्रिया