काठमाडौं – रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा रु. ६ करोड १८ लाख १६ हजार खुद नाफा कमाएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा १२८.८१ प्रतिशतले बढी हो । गत आवको सो अवधीमा कम्पनीले रु. २ करोड ७० लाख १६ हजार खुद नाफा कमाएको थियो ।
चालु आवको चैतसम्म कम्पनीले रु. ८३ करोड ३३ लाख ९४ हजार कुल बीमाशुल्क संकलन गरेको छ । हालसम्म भने रु. १ अर्ब ६६ करोड १३ लाख बीमाशुल्क संकलन भएको कम्पनीको भनाइ छ । यसैगरि कम्पनीले हालसम्म ९ हजार ९१२ ओटा बीमालेख जारी गरेको छ ।
हाल कम्पनी चुक्तापुँजी रु. १ अर्ब ४७ करोड रहेको छ । कम्पनीले आफ्नो जगेडा कोषमा १४ करोड ९३ लाख, बीमा कोषमा ८६ करोड ९८ लाख ६० हजार र महाविपत्ती कोषमा १ करोड ६६ लाख रकम जम्मा गरेको छ ।
कम्पनीले दिर्घकालिन रुपमा रु. १ अर्ब २ करोड लगानी गरेको छ । यस्तै, अल्पकालिन रुपमा रु. १ अर्ब २५ करोड लगानी गरेको कम्पनीको भनाइ छ । कम्पनीले बीमलेख धितो राखेर बीमितहरुलाई ९ करोड ७१ लाख रुपैयाँ ऋण दिएको छ ।
प्रतिक्रिया