देशका १४ जिल्लामा कोरोनाभाइरसको संक्रमण फैलिएको छ । बुधबारसम्म ९९ जना कोरोनका संक्रमित फेला परेका छन् भने २२ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा धेरै संक्रमित उदरपुरमा भेटिएका छन् । हालसम्म २८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । जसमा ६ जना भने निको भएको छ ।
यसैगरी पर्सामा २४ जना संक्रमित हुँदा ३ जना निको भएका छन् भने बाँकेमा २३ जना संक्रमित फेला परेका छन् ।
यसैगरी काठमाडौंमा ५ जना संक्रमितमध्ये ५ नै जना निको भएका छन् । यद्यपी सनसिटी अपार्टमेन्टमा यसअघि संक्रमण भेटिएका एक जनामा फेरि संक्रमण बल्झिएको छ ।
यस्तै कैलालीमा ४ मध्ये ३ जना निको हुँदा रौटहटमा ३ मध्ये १ जना निको भएका छन् ।
बाग्लुङमा दुई मध्ये दुबै निको हुँदा बारामा २ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै चितवनमा २ मध्ये १ जना निको भएका छन् भने झापामा २, भोजपुरमा १, धनुषामा १ र रुपन्देहीमा जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी कञ्चनपुरमा एक जनामा संक्रमण पुष्टि भएकामा ती संक्रमित निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया