मानुषी लघुवित्तको नाफामा भारी गिरावट, अन्य परिसुचक कस्तो

६ बर्ष अगाडि

काठमाडौं – मानुषी लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा रु. ५२ लाख ९७ हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
लघुवित्तको यो नाफा गत आवको सोही अवधीको भन्दा ४५.४५ प्रतिशतले बढी हो । गत आवको सो अवधीमा लघुवित्तले रु. ९७ लाख १२ हजार खुद नाफा कमाएको थियो । 
लघुवित्तले चैत मसान्तसम्म रु. ५२ करोड ८८ लाख ६ हजार निक्षेप संकलन गरेको छ । कर्जा तर्फ भने रु. ७९ करोड ३७ लाख ७९ हजार प्रवाह भएको देखिन्छ । प्रवाहित कर्जाबाट समिक्षा अवधीमा लघुवित्तले १० करोड ३४ लाख ९९ हजार व्याज आम्दानी गरेको छ । लघुवित्तको खुद व्याज आम्दानीभने करिब ५ करोड रुपैयाँ रहेको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया