काठमाडौं – अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ३ करोड ५१ लाख ४५ हजार खुद नाफा कमाएको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको भन्दा ३४.६८ प्रतिशतले बढी हो । गत आवको सो अवधीमा कम्पनीले २ करोड ६० लाख ९५ हजार खुद नाफा कमाएको थियो ।
यस्तै, कम्पनीेले चैतसम्म ६० करोड ६३ लाख कुल बीमाशुल्क संकलन गरेको छ भने ७० हजार ४०० ओटा बीमालेख जारी गरेको छ । कम्पनीले चालु आवको समिक्षा अवधीमा रु. १८ करोड ४९ लाख खुद बीमाशुल्क संकलन गरेको छ ।
कम्पनीको चुक्तापुँजी रु.७० करोड रहेको छ । कम्पनीले आफ्नो जगेडा कोषमा रू. ३ करोड ३३ लाख, बीमा कोषमा रू. ४ करोड ८१ लाख र महाविपत्ती कोषमा रू. ५७ लाख रकम जम्मा गरेको छ ।
यस्तै, कम्पनीले हालसम्म दिर्घकालिन रुपमा रू. १ करोड ६० लाख र अल्पकालिन रुपमा रू. १ अर्ब ३ करोड भन्दा बढी रकम लगानी गरको छ ।
वित्तिय विवरणअनुसार कम्पनीको प्रति शेयर आम्दानी ५.०२, प्रतिशेयर नेटवर्थ ११२.४६, प्रतिशेयर कुल सम्पत्तिको मुल्य १८५.५९ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया